सुर्खेत । कर्णाली प्रदेश सरकारले सात प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
चालु आर्थिक वर्षका लागि रु एक अर्ब दुई करोड पाँच लाख विनियोजित रकममध्ये कर्णाली प्रदेश सरकारले असारको पहिलो सातासम्म सात प्रतिशत खर्च मात्र गर्न सकेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिकवर्ष ०७४-७५ को मन्त्रालयगत बजेट तथा खर्च विवरणमा सात प्रतिशत मात्र खर्च गर्न सकिएको देखाएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले अर्थिकवर्ष ०७५-७६ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रदेशसभामा छलफलका लागि प्रस्तुत गर्दा प्रतिपक्षी दल नेपाली काँग्रेसले नियमापत्ति गर्दै संविधानको भाग १६ को धारा २०७ को उपधारा (२) बमोजिम गत आवको खर्च विवरण संसद्मा पेश गर्न माग राखेका थिए ।
सोही बमोजिम सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले प्रदेशसभा सदस्यलाई चालु आर्थिक वर्षको खर्च विवरणबारे जानकारी गराए ।