सुर्खेत । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले ठुला जलविद्युत आयोजना निर्माण नहुन्जेल सम्मका लागि कर्णाली प्रदेशमा विद्युतीकरणको एकमात्र विकल्प वैकल्पीक उर्जा रहेको बताएका छन्।
सुर्खेतको विरेन्द्रनगरमा वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रद्धारा विहिवार आयोजित नवीकरणीय उर्जा प्रवद्र्धनमा प्रदेश सरकारको भुमिका सन्वन्धि कार्याशाला गोष्ठीलाई सम्वोधन गर्दै राष्ट्रिय विद्युत प्रशारण लाईन नपुगेको कर्णालीमा वैकल्पीक उर्जाको विशेष कार्यक्रम संचालन गर्न केन्द्रलाई आग्रह पनि गरे।
मुख्यमन्त्री शाहीले भने ‘कर्णालीमा तत्काल विद्युतिकरणको आवश्यकता पुरा गर्न वैकल्पिक उर्जाका सवै कार्यक्रम कर्णालीमा केन्द्रीत गर्नुहोस ।‘ उनले वैकल्पिक उर्जाको प्रयोग मार्फत खानेपानी, सिंचाई र विद्युतीकरणका समस्या हल गर्न र उत्पादको वृद्धि गर्न समेत सकिने वताए ।
कर्णाली प्रदेशमा वैकल्पीक उर्जाको प्रयोग मार्फत जनताको समस्या हल गर्नका लागि प्रदेश सरकार समेत लगानी गर्न तयार रहेको वताउदै मुख्यमन्त्री शाहीले गुणस्तरीय र दिगो रुपमा काम गर्न वैकल्पीक उर्जालाई आग्रह गरे ।
मुख्यमन्त्री शाहीले प्रदेश राजधानी सुर्खेतमा तत्काल १ मेगावाटको सोलार प्लान्ट निर्माण गर्न पनि वैकल्पी उर्जा प्रवद्र्धन केन्द्रलाई आग्रह गरे ।