सुर्खेत । कर्णाली प्रदेश सरकारले सय दिनमा गरेका कामहरु सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकार सम्मेलन गरी सरकारका सय दिनका कामहरु सार्वजनिक गर्नु भएकाे हाे ।
प्रदेशको नाम र राजधानी तोकि सकेको कर्णाली प्रदेश सरकारले तीन महिने नीति तथा कार्यक्रम र बजेट ल्याएर कार्यक्रम संचालन गरेको छ । यस अवधिमा सरकारले प्रदेशको पर्यटन विकासका लागि रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेको छ ।
प्रदेश सदरमुकाम सुर्खेतबाट मुगु र हुम्ला जोड्न लिंक रोडको घोषणा, प्रदेश समृद्धिका आधार तय गर्न विज्ञहरुसँग बृहत अन्तरकृया, महिनामा एक दिन श्रमदान गर्ने लगायतका काम कर्णाली प्रदेशले गरेको छ । यस्तै आवश्यक कानून निर्माणका साथै प्रदेशलाई डिजिटल बनाउने काम शुरु गरेकाे छ ।
Facebook Comments Box