महेन्द्रनगर । प्रदेश नं. २ प्रदेशसभाको प्रथम अधिवेशन आजबाट सम्पन्न भएको छ ।
प्रदेशसभाको आज बसेको २६ औं बैठकले राति १२ बजेपछि लागु हुने गरी प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो । बिहीबार बसेको बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाउनुभएको पत्र सभामुख सरोजकुमार यादवले पढेर सुनाउँदै पहिलो अधिवेशन अन्त्य भएको घोषणा गर्नुभयो ।
वैठकमा प्रदेशसभाको नियमावलीसम्बन्धी विधेयक सर्वसम्मतले पारित गरेको छ ।
Facebook Comments Box