पोखरा । प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाले पारित गरेका तीन वटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ ।
प्रमाणीकरण हुनेमा ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’, ‘मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रामिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’ र ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’ रहेको छ ।
प्रदेशसभाको वैशाख १९ गतेको बैठकले तीनवटै विधेयक पारित गरेको थियो । नेपालको संविधानको धारा १९९ को उपधारा १ मा प्रदेशसभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।
प्रमाणित ती विधेयक एक÷एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ ।
Facebook Comments Box