जनकपुर । प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारलाई सफल र समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ ।
आज धनुषामा आयोजित एक कार्यक्रममा प्रमुख कायस्थले प्रजातन्त्रको रक्षा तथा सुदृढीकरणमा हरेक नागरिकको सहयोगको आवश्यक्ता रहेकाले नागरिक शिक्षाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
उहाँले प्रदेश सरकारबाट हुने कमीकमजोरीलाई बेलाबेलामा नागरिक समाजले लिखित रुपमा सुझाव दिई प्रजातन्त्रलाई सबल पार्न सबैले आ–आफ्नो ठाउँबाटै सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
Facebook Comments Box