काठमाडौं । प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको विशेष बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रदेशसभाको अपराह्न १ बजे बस्ने विशेष बैठकमा सांसदहरुलाई उपस्थित हुन संसद् सचिवालयले आह्वान गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख भरतकुमार बुढाथोकीले बताउनुभयो ।
नेपालको संविधान बमोजिम संघीय प्रदेशको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
Facebook Comments Box