विराटनगर । मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ बस्ने ज्ञान बहादुर वर्देवाले आफ्नै पत्नी निर्मला वर्देवाको घाँटी थिचेर हत्या प्रयास गरेका छन् ।

बुधबार राति मदिरा सेवन गरेर घर आएका बर्देवाले वर्ष २५ की पत्नी निर्मलासँग वादविवाद भएपछि घाँटी थिचेर मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते निर्मलाको पथरी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले ज्ञानबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान तथा कारवाही अघि बढाएको छ ।
Facebook Comments Box