विराटनगर । प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान आज देखि सञ्चालन गरेको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत आजदेखि सो अभियान शुरु गरेको हो ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज बिहान यहाँ आयोजित कार्यक्रममा ‘स्वास्थ्यप्रति जिम्मेवार ः समृद्धिको आधारमा मेरो वर्ष २०७५’ र ‘स्वास्थ्य प्रवद्र्धनको वर्ष २०७५’ “जनमानसमा स्वास्थ्यको पहुँच हाम्रो अभियान आठ प्रतिबद्धता, स्वास्थ्य जीवनको आवश्यकता” भन्ने अभियानको अनावरण गर्नुभयो ।
उक्त आठ बुँदे प्रतिबद्धतामा “ म तनावरहित जीवन व्यतीत गर्छु” ‘म ट्राफिक नियमको पालना गर्छु’ ‘म आफ्नो घर र समुदाय सफा राख्छु’ ‘म रक्सी, चुरोट र सूर्तीजन्य पदार्थबाट टाढा बस्छु,’ ‘म नियमित व्यायाम गर्छु’ ‘म स्वस्थ र पोषिलो खाना खान्छु’ ‘म नियमित स्वास्थ्य जाँच गराउँछु’ ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ रहेको छ ।
उक्त प्रतिबद्धतामा मुख्य मुख्यमन्त्री राईले हस्ताक्षर गर्नुहुर्दै स्वस्थ जीवन भएमा मात्र मुलुकको आर्थिक समृद्धि कायम हुने बताउँदै व्यायामले गाउँ समाजलाई सकारात्मक सोचको विकासमा प्रेरणा दिने बताउनुभयो ।