सुर्खेत । कर्णाली प्रदेश सरकारले सूचनाको हक सम्बन्धी कानून निर्माणलाई तीव्रता दिएको छ ।
सार्वजनिक निकायलाई जिम्मेवार र पारदर्शी बनाउन सूचनाको हक सम्बन्धी ऐननिमार्ण गर्न लागिएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताउनुभयो ।
सबै निकायलाई जिम्मेवार बनाउन सार्वजनिक सेवा प्रदायक निकायका लागि सूचनाको हक सम्बन्धी विद्येयक निर्माणको कार्यलाई सरकारले तीव्रता दिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
सूचना पाउने अधिकार नागरिकको मौलिक हक रहेको भन्दै मन्त्री भण्डारीले अब हरेक सार्वजनिक निकायले प्रवाह गर्ने सेवा तथा सुविधाको सूचना सहज रुपमा उपलब्ध गराउने गरी प्रदेश सरकारले सूचनाको हक सम्बन्धी विधेयक तयार गरिरहेको बताउनुभयो ।
Facebook Comments Box