काठमाडौं । शिक्षा मन्त्रालयले आज शिक्षा क्षेत्रमा सुधार र समन्वयबारे ७ वटै प्रदेशका सामाजिक मामिला मन्त्रीहरुसँग छलफल गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संरचनाअनुसार शिक्षा क्षेत्रमा सुधार र समन्वयबारे सातै प्रदेशका सामाजिक मामिला मन्त्रीहरुसँग छलफल गर्न लाग्नुभएको हो । संघीय सरकार र प्रदेश सरकारका विषयगत मन्त्रीबीच औपचारिक छलफल हुन लागेको यो पहिलो पटक हो ।
मन्त्री पोखरेलका प्रेस संयोजक सुनील खड्काका अनुसार सिंहदरबारस्थित मन्त्रालयमा हुने छलफलमा संघीय संरचना अन्तरगत शिक्षामा ल्याउन सक्ने परिवर्तनका बारेमा केन्द्रीत हुने छ । छलफलमा सार्वजनिक शिक्षाको सुधार, नयाँ कानुन, आउँदो विद्यालय स्वागत तथा विद्यार्थी भर्ना अभियानलगायत विषयमा छलफल हुनेछ ।
Facebook Comments Box