
बर्दिवास । डढेलो लगाउने र काँचा लाथ्रा (भरखरका कलिला रुख) काटिने क्रम बढेपछि महोत्तरी जिल्लाको वन क्षेत्र उजाड हुँदै छ । पूर्व-पश्चिम राजमार्ग वारिपारीको जिल्लाको वन क्षेत्रमा डढेलो लगाउने र लाथ्रा काट्ने क्रम ह्वात्तै बढेपछि वन क्षेत्र उजाड हुने क्रम बढेको हो ।
जिल्लाको बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा सधैंँजसो देखिने डढेलोले वन क्षेत्रका रुख, बुट्टा खरानीमा परिणत भएका छन् ।
डढेलोसँगै साखु र अन्य संरक्षित जातिका कलिला लाथ्रा काट्ने क्रम नरोकिएपछि वन क्षेत्र उजाड बन्दै गएको वन क्षेत्र नजिकका बासिन्दाको भनाइ छ । आजको हिमालय टाइम्समा खबर छ ।
Facebook Comments Box