पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले दुई विधेयक पारित गरेको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिको प्रतिवेदनसहित पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
त्यस्तै आजको बैठकले मन्त्री चुमानले विधायन समितिको प्रतिवेदनसहित स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको बनेको विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई पनि सर्वसम्मत पारित गरेको छ ।
Facebook Comments Box