झापा । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक बस्दैछ । १४ गतेको संसदमा पेश भएको आर्थिक कार्यविधि आज पास हुने भएको छ ।
संशोधन दर्ताका लागि तोकिएको ७२ घण्टामा कुनै संशोधन नै नपरेपछि प्रदेश सरकारको आर्थिक कार्य्बिधि नियमित तथा व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास हुने निश्चित भएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले गएको चैत १४ गते सरकारको तर्फबाट संसद बैठकमा त्यो विधेयक पेश गर्नु भएको थियो । प्रदेशसभा सचिवालयका सचिव केदारप्रसाद पनेरुले विधेयक संशोधनको लागि कुनै पनि संशोधन प्रस्ताव नपरेको जानकारी दिनुभयो ।
बैठकले विधेयक पास गरेसँगै शुन्य समयमा संसदहरुले जनताको सरोकारको विषयमा धारणा राख्नेछन् । संसद बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।
Facebook Comments Box