विराटनगर । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेशलाई उत्कृष्ट, समृद्ध र नमूना प्रदेश बनाउन उद्योगी व्यवसायीको सहयोग र सुझाव आवश्यक रहेको बताउनुुभएको छ ।
उद्योग संगठन मोरङले आज साँझ आयोजना गरेको एक नम्बर प्रदेशको आर्थिक सामाजिक विकासका लागि छलफल कार्यक्रममा उहाँले यस क्षेत्रका व्यापारीलाई एउटा नमूना काम गरेर देखाउनेबेला आएको बताउनुुभयो ।
मुख्य मन्त्री राईले विकास र समृद्धि नै प्रदेश सरकारको मुुख्य लक्ष्य भएकाले जनताले अब चाँडै नै अनुुभूति गर्नेगरी विकास निर्माणका कामले गति लिने विचार व्यक्त गर्नुभयो ।
उहाँले १ नम्बर प्रदेशमा विकासका प्रशस्त सम्भावना रहेकाले निर्धक्क भएर लगानी गर्न उद्योगीलाई आग्रह गर्नुुभयो । उहाँले कृषि, ऊर्जा, पर्यटन, शिक्षालगायतका विकासका क्षेत्रका लागि सरकारले ठोस योजना तयार गर्ने कार्यमा विज्ञले आवश्यक सुझाव दिन आग्रहसमेत गर्नुभयो ।
मुख्यमन्त्री राईले धेरै योजनामा हातहाल्दा परिणाम सहज नहुुने भन्दै आवश्यक र मुुख्य योजनालाइ मात्र सरकारले प्राथमिकता दिने बताउनुुभयो ।
प्