विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ पेश भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज सो विधेयक पेश गर्नुभएको हो । विधेयकमा राजश्व, लेखा, आन्तरिक लेखा परीक्षण, अभिलेख कोषको व्यवस्था, खर्च, सरकारी रकम, रकमान्तरको व्यवस्था, बेरुजु फछर्याेट, भ्रमणलगायत विषय छन् ।
सो विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशीले विधेयकमा दण्ड र सजाय तथा प्रदेशसम्बन्धी कोष सञ्चालन, आर्थिक योजना र सम्भावना, मूल्याङ्कन, कार्यभार, आन्तरिक लेखा परीक्षणलगायत व्यवस्था रहेकाले विधेयकलाई समर्थन गर्नुभयो ।
Facebook Comments Box