काठमाण्डाैं । नयाँ शक्ति पार्टी नेपालले ५ नम्बर प्रदेशमा वैकल्पिक सरकार गठन गरेको छ ।
नेपालगञ्जमा सम्पन्न पार्टीको प्रदेश ५ को बैठकले सरकारलाई खबरदारी गर्ने तथा आम नागरिकका समस्याहरुलाई सहज ढंगले समाधान गर्ने उद्देश्यले वैकल्पिक सरकार गठनको अवधारणा ल्याएअनुरुप प्रदेश ५ मा वैकल्पिक सरकार गठन गरेको हो । बैठकले वैकल्पिक सरकार प्रमुखमा कर्णध्वज केसीलाई चयन गरेको छ ।
आन्तरिक मामिला तथा कानून विभाग प्रमुखमा चिनक कुर्मी, भूमि व्यवस्था तथा कृषि सहकारी विभागमा राजु नेपाली, उद्योग पर्यटन तथा वातावरण विभागमा वेद प्रकाश आचार्य, सामाजिक विकास विभागमा सिमा विक एवं भौतिक पूर्वाधार विकास विभागमा राम लौटन तिवारीलाई प्रमुखको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।
बैठकले १५१ सदस्यीय प्रदेश परिषद् गठन गर्नुका साथै कार्यकारी समिति, विज्ञ परिषद् र संरक्षक परिषद रहने गरी १०१ सदस्यीय प्रदेश अधिवेशन आयोजक समितिसमेत गठन गरेको छ ।