विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक बुधबार बस्दैछ । बैठकमा आर्थिक विधेयक पेश हुने कार्यक्रम रहेको छ । प्रदेश सरकारले चैत्र २० गतेभित्र चालु आर्थिक वर्षको बाँकी तीन महिनाको बजेट ल्याउनका लागि संसदमा विधेयक पेश गर्न लागेको हो ।
बैठकमा सञ्चित कोष गठनका लागि आर्थिक कार्यविधि नियमित र व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनाइएको विधेयक प्रस्तुत हुन लागेको हाे ।
Facebook Comments Box