सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्साशास्त्र (एमडिजिपी) स्नातकोत्तर तहको पाठ्यक्रमको निर्माण गरेको छ ।
पाठ्यक्रम विकास समितिका संयोजक डा तरुण पौडेल, समितिका अन्य छजना सदस्यसहित नेपालका विज्ञ चिकित्सकको टोलीले पाठ्यक्रम निर्माण गरेको हो । लामो समयदेखि पाठ्यक्रम निर्माणमा संलग्न रहेको समितिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार निर्माण कार्य पूरा गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा डा धर्मराज श्रेष्ठले मुलुकभरिका शतप्रतिशत विज्ञको सहभागितामा बनेको पाठ्यक्रम अब नेपाल मेडिकल काउन्सिलमा पेश गर्ने तयारीमा रहेको बताउनुभयो ।
Facebook Comments Box