काठमाडौं । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन सुरु हुने सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा आइतबारदेखि सुरु भएकाे छ । आइतबार अष्टमी तथा नवमी दुवै परेकाले अष्टमीको तिथि पारेर रथ यात्रा सुरु भएकाे हाे ।
आइतबार दिन तीनधारा पाठशालाबाट सुरु हुने रथयात्रालाई असनसम्म पुर्याइयाे । यस्तै दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म लगिन्छ । चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मत्स्येन्द्रबहालसम्म यात्रा चलाइन्छ ।

मत्स्येन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।
तस्बीरहरु सबैः रत्न श्रेष्ठ, रासस
Facebook Comments Box