सुर्खेत । कर्णाली प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा मात्रै फेसबुक चलाउन प्रतिबन्ध लगाउने बारे आइतबारबाट छलफल शुरु गर्नु भएको हो । मुख्यमन्त्री शाहीले आज सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरुलाई कार्यालयमै बोलाएर छलफल गर्नु भएको छ ।
छलफलपछि अबको केही दिनमै जनतासँग सम्बन्ध राख्ने सरकारी कार्यालयहरुमा विहान १० देखि ४ बजेसम्म फेसबुक बन्द हुने मुख्यमन्त्री शाहीले जानकारी दिनु भयो । कार्यालय समयमा फेसबुक बन्द गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै आधिकारिक रुपमा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्र पठाउने छ ।
Facebook Comments Box