
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । उहाँको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ ।
पारिवारिक स्रोतका अनुसार खड्कालाई मल्टी अर्गन फेलरको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । करिब एक महिनाअघि उपचारका लागि नयाँ दिल्ली लगिएको थियो ।
Facebook Comments Box