काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन सरोकारवाला निकायसँग छलफल शुरु गरेको छ ।
नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनःनिर्माण गर्न नसक्ने बताएपछि प्राधिकरणले नै गर्नेबारे छलफल अघि बढाएको हो ।
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले निर्माण पूर्वका सबै प्राविधिक तयारी पूरा गरी जतिसक्दो छिटो धरहराको पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले धरहरासम्बन्धी ड्रइङ डिजाइनसहितका प्राविधिक पक्षका विषयमा छलफल चलिरहेको भन्दै यसको टुंगो लागेपछि धरहरा पुनःनिर्माणको प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
धरहरा पुनःनिर्माणको प्राविधिक पक्षबारे विज्ञ सदस्यसहित छिट्टै अर्को बैठकमा छलफल गर्ने सहमति भएको उहाँले सुनाउनुभयो ।
