
काठमाण्डाैं । तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सिक्किममा हुने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रको र अनेसास सिक्किम च्याप्टरको आयोजनामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा चैत १० र ११ गते भारतको सिक्किममा तेस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना हुने भएको हो ।
सम्मेलनकी संयोजक तथा अनेसास सिक्किम च्याप्टरकी अध्यक्ष डा. पुष्प शर्माका अनुसार सम्मेलनमा सिक्किमका मूख्यमन्त्री पवन चामलिङको प्रमुख अतिथ्यता रहनेछ ।
अनेसास केन्द्र महिला समितिकी सदस्य तथा अनेसास अष्ट्रेलियाकी अध्यक्ष सानु घिमिरेका अनुसार नेपाल तथा भारतमा रहेका विशिष्ट नेपाली साहित्यकारको उपस्थिति रहने उक्त सम्मेलनमा नेपालबाट ५० जना तथा अन्य २० देशबाट अनेसास प्रतिनिधीहरुको सहभागिता रहनेछ ।
Facebook Comments Box