
भक्तपुर । भक्तपुरमा नौ दिनसम्म मनाइने प्रसिद्ध बिस्केट जात्राका लागि आवश्यक पर्ने लिङ्गो भेलुखेलस्थित ल्यासिंखेलमा ल्याइपुर्याइएको छ । गुठी संस्थानले बिस्केट जात्राको लागि आवश्यक पर्ने लिङ्गो भेलुखेल स्थित ल्यासिंखेलमा ल्याइपुर्याएको हो ।
भक्तपुरको सूर्य्विनायक नगरपालिका चित्तपोल स्थित सल्लाघारीको वनबाट दुईवटा लिङ्गो ल्याइपुर्याएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । बिस्केट जात्राका लागि एक वटा लिङ्गो आवश्यकता परे पनि भाचिने सम्भावनाले जगेडाका लागि दुईवटा लिङ्गो ल्याउने प्रचलन छ ।
यसवर्षको बिस्केट जात्राको तयारी सुरु भएको छ । जात्राको लागि ३ लाख २६ हजार रुपैयाँ खर्चेर दुईवटा लिङ्गो ल्याइपुर्याइएको छ । रथ निर्माणका लागि आवश्यक तयारी पूरा गरिएको छ ।
Facebook Comments Box