बैतडी । माटोको ढिस्कोले पुरिएर बैतडीमा आज तीन जना मजदुर घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा दशरथचन्द नगरपालिका– १ श्रीखण्डका ५२ वर्षीय मानप्रसाद भट्ट, ३५ वर्षीय गोविन्दप्रसाद भट्ट र ३५ वर्षीय गणेशदत्त भट्ट रहेका छन् । घाइतेमध्ये मानप्रसाद र गोविन्दको अवस्था गम्भीर रहेको प्रहरीचौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिनुभयो ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ श्रीखण्डमा ढुंगा निकाल्ने क्रममा आज दिउँसो १ः०० बजे एक्कासी माथिबाट खसेको माटो ढिस्कोमा पुरिएर उनीहरु घाइते भएका हुन् ।
Facebook Comments Box