
चितवन। भारतीय नम्बरको ग्यास बुलेट त्रिशूली नदीमा गएराति खस्दा भारतीय चालकको मृत्यु भएको छ।
मुग्लिनबाट नारायणगढ जाँदै गरेको बुलेट बाेकेकाे ट्रक इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
केएओ १ एएच २५९६ नंको बुलेट राति ९ः३० बजे खस्दा चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको नाम वतन खुल्न सकेको छैन। बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ।
Facebook Comments Box