काठमाडौ, फागुन २७ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत प्राप्त गर्नु भएको छ ।
पोखरेलको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ । प्रदेशसभा ५ को पाँचौं बैठकमा पोखरेलले विश्वासको मत माग्नु भएको थियो ।
विपक्षीमा नेपाली कांग्रेस एक्लैले मत जाहेर गरेको थियो । कांग्रेसका १९ मध्ये १८ जना सांसद्ले विपक्षीमा मत जाहेर गरेका थिए ।
मुख्यमन्त्री पोखरेललाई सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमले समर्थन गरेका थिए ।
Facebook Comments Box