
काठमाडौं । मलेसियाको सस्तोमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बेन्यामिन इस्मेलले चार किस्तामा सम्पूर्ण बक्यौता रकम चुक्ता गर्ने लिखित प्रतिबद्धता जनाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले थप चार महिना म्याद दिएको छ ।
एयर एसिया एक्सका सिइयो इस्मेलले शुक्रबार त्रिभुवन विमानस्थल व्यवस्थापनलाई एमेल गरी चार किस्तामा आगामी वर्ष साउन १५ गतेभित्र सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता जनाएपछि विमानस्थल व्यवस्थापन थप लचिलो बनेको हो । आजको नागरिकमा खबर छ ।
Facebook Comments Box