
काठमाडाैं । उद्याेग र व्यवसायीकाे चर्काे दबाब र लबिङमा उद्याेग, वाणिज्य तथा अापूर्तिमन्त्री मातृका यादवले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगत’ गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले अनुगमनकारी निकाय अापूर्ति विभागलार्इ तत्कालका लागी अनुगमन राेक्न निर्देशन दिएका हुन् ।
अापूर्ति विभागले अराजक र छाडा बजारलार्इ अनुगमनकाे माध्यमबाट नियन्त्रण गर्ने प्रयार गरिरहेकाे अवस्थामा मन्त्री यादवले उपभाेक्ता लुट्दै अाएका उद्याेगी र व्यसायीकाे अनुकूल हुने गरी अनुगमन राेक्न निर्देशन दिएका हुन् ।
मन्त्री यादवले सचिव अनिल ठाकुरलार्इ पनि तत्कालका लागि अनुगमन स्थगन गर्न निर्देशन दिएका छन् । अाजकाे अन्नपू्र्ण पाेस्टमा खबर छ ।
Facebook Comments Box