
काठमाण्डाैं । राजधानीको भृकुटीमण्डमा ७ औ अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलाको विहिबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको हो । मेलाका मुख्य आकर्षणको रुपमा हस्तकलाका उत्पादनहरु रहेका छन् ।
मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी सामाग्रीहरु, शिक्षा, फलाम तथा स्टील, सवारी साधन लगायतका छन् ।
मेलामा नेपाल सहित चीनबाट ७४, बंगलादेशबाट २१ र पाकिस्तानबाट १५, भारतबाट १५ गरि मेलामा ३ सय बढी स्टल रहेको महासंघले जनाएको छ ।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधीहरुसंग भेटघाट तथा द्धिपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी बारे छलफल हुने बताईएको छ ।
महासंघले प्रत्यक्ष खरिद विक्रिका लागि भन्दा पनि मेलालाई व्यवसायिक सम्बन्ध विस्तार , व्यवसायिक सम्झौताहरु , संयुक्त लगानी आकर्षण तथा व्यवसायीक सहकार्यलाई थालनी गर्ने अवसरको रुपमा लिनुपर्ने बताएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरुको अन्तराष्ट्रिय बजार प्रबद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन मेलाले सघाउ पुर्याउने विश्वास महासंघले लिएको छ । मेलाको २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेला २८ गते सम्म चल्ने छ ।