काठमाडौ । सर्वोच्च अदालतले केपी शर्मा ओली सरकारले राष्ट्रियसभामा मनोनीत गरेका तीनजनाको शपथग्रहण रोक्न नपर्ने आदेश दिएको छ ।

सरकारले डा. युवराज खतिवडा, रामनारायण बिंडारी र विमला राई पौडेललाई राष्ट्रियसभामा मनोनीत गरेको थियो ।
तर, शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले मनोनीत गरेका तीनजनाले शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट हालेपछि उनीहरुको शपथ रोकिएको थियो ।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको इजलासले शपथ रोक्नपर्ने कारण नदेखिएको भन्दै उनीहरुलाई सांसद बन्ने बाटो खोलिदिएको हो ।
Facebook Comments Box