
काठमाण्डाैं । सरकारले बैशाखदेखि प्रदुषण जाँचपास नभएका सवारी साधनलाई महानगर र उपमहानगरपालिका प्रवेशमा रोक लगाउने भएको छ ।
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वायु प्रदुषण जाँचपास नभएका सवारी साधनलाई बैशाख १ गतेबाट महानगरपालिका र उपमहानगरपालिका प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था गरिएको जानकारी दिनु भएको हो ।
मन्त्री पण्डितले बैशाख १ गतेबाट सरकारले वायु प्रदुषण हुन नदिन हरियो स्टिकर लगाएको सवारी साधनमात्रै संचालन गर्न अनूमति दिने आवश्यक व्यवस्था मिलाएको स्पष्ट पार्नु भयो ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले हरियो स्टिकर लगाएका सवारी साधन समेत प्रदुषण जाँजपासमा फेल भएको पाइएको उल्लेख गर्दै त्यस्ता स्टिकर वितरण गर्ने कर्मचारीलाई समेत कार्वाही गर्ने चेतावनी पनि दिनु भयो ।
कानुन अनुसार वातावरण प्रदुषण गर्ने निकायलाई दण्डसजाय दिन आफू तयार रहेको पनि उहाँले स्पष्ट पार्नु भयो ।