
काठमाण्डाैं । नेपाली टेलिभिजनको दुनियामा राम्रो प्रस्तोताको रुपमा स्थापित नारायण कँडरिया अब गायकको रुपमा दर्ज भएका छन् । यिनै नारायण कडरियाको समधुर आवाजमा रहेको म्युजिक भिडियो आजबाट सार्वजनिक भएको छ।
आफ्नै शब्द संगीत र स्वरमा रहेको जाम पारी पारी बोलको गीत आजै देखि युट्युब र विभिन्न टेलिभिजनहरु बाट एक साथ सार्वजनिक भएको छ।
केकी अधिकारी र नारायणको अभिनय रहेको यस म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी एण्ड टीमले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेको छ।
कारण बश निसास्सिएर दुखि बनेको प्रेमिका केकीलाई नारायणले माया प्रेमले फकाउदै आफ्नै दुनियाँमा लगेको र सुखी जीवनको शुरुवात गरेको म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ।
केहि समय अघि सम्म टेलिभिजनमा गीत संगीतकै कार्यक्रम प्रस्तुत गर्दै आएका एकाएक अब गायकको रुपमा टेलिभिजनको पर्दामा आएका हुन्।
नारायणले आफ्नै गीतको म्यूजिक भिडियोमा राम्रो अभिनय गरेको पनि देख्न सकिन्छ।
भिडियाेः