धुलिखेल । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अनेस्ववियु (क्रान्तिकारी) काभ्रेपलाञ्चोकको १९औँ जिल्ला सम्मेलनले युवराज लामाका अध्यक्षतामा ३९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
शनिबार बनेपामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा विजय लामा र निरेश लामा, सचिवमा विनोद चौलागाईं, सहसचिवमा अमृत अधिकारी र रचना तिमल्सिना तथा कोषाध्यक्षमा दिर्जा वाइबालाई चयन गरेको छ ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रञ्जित तामाङले वाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएअनुसार शिक्षामा २० प्रतिशत लगानी गर्न र शिक्षामा ७० प्रतिशत प्राविधिक शिक्षाको व्यवस्था गर्न समेत सरकारसँग माग गर्नुभयो ।
Facebook Comments Box