
सिमकोट । शुक्रवार राती आगलागी हुँदा करिव डेढ करोडको पशुवस्तु तथा धनमाल क्षति भएको छ ।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटवाट चार दिन पैदल लाग्ने ताँजाकोट गाँउ पालिकाको वडा नम्वर १ काँडाजिमानाको घटबनामा रहेका घरगोठमा भिषण आगालागी हुँदा यति धेरै क्षति भएको हो ।
खाना खाएर सुुतेको बेला राती १० वजेर ४३ मिनेटमा स्थानीय हरि वहादुर रिठालको गोठवाट आगलागी भएको र घाँस तथा परालले छाना छाएको हुँदा आगो नियन्त्रण लिन नसकिदा ठुलो मात्रामा पशुवस्तु, अन्नपात, लत्ता कपडा भाँडाकुँडा जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक कमल प्रसाद नेपालले बताउनु भयो ।
आगलागीवाट २८ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन भने एक सय ५० बाख्रा र छ वटा पशुवस्तु जलेर मरेको उहाँले बताउनु भयो । आगो राती ३ बजेतिर नियन्त्रण आएको थियो ।
हुम्ला र वाजुरा जिल्लाको सिमानामा पर्ने सो गाँउ हिउँद याममा पशुवस्तु पाल्न कै लागि काँडा जिमानाका बासिन्दाहरु त्यहाँ बस्ने गर्दै आएका थिए । आगलागीवाट मानवीय क्षेत्री नभए पनि पिडितको विचल्ली एको स्थानीय जगत वहादुर शाहीले बताउनु भयो ।
आगोले हरि वहादुरको घर, पसल, अन्नपात, भाँडा तथा कपडा पुरै र ५० वटा वाख्रा जलेको ताँजाकोट गाँउपालिकाका अध्यक्ष बाग्दल मल्ले बताउनु भयो ।
त्यस्तै घर तथा वाख्रा जल्नेमा धनरुप रिठालको घर र ५५ वाख्रा र मोहन सिंह रिठालको ४५ वटा वाख्रा र घर पुुरै जलेको उहाँले बताउनु भयो । मन्दिर रिठालका छ वटा गाई र गोरु जलेर मरेको प्रहरी चोकी कवाडीले जनाएको छ ।
यता मन वहादुर रिठाल र भक्तविर रिठाल लगाएत अन्य २२ जनाको घर पुरै जलेको छ । आगलागी भएपछि पिडितहरुले रातभरि खुल्ला आकाशमा वस्न वाध्य भएका थिए ।
यसैबीच आगलागी पिडितहरुलाई आजै गृह मन्त्रालयवाट उपलव्ध राहतलाई छ नम्वर प्रदेशका मुख्य मन्त्री महेन्द्र वहादुर शाहीले घटना स्थल मै गएर वितरण गर्नु भएको छ ।
आगलागी पिडित २८ घरधुरीका परिवारलाई खाद्यान्न, टेण्ट, कम्वल र भाँडाकुडा मुख्य मन्त्री शाहीले वितरण गर्नु भएको प्रजिअ बर्माले बताउनु भयो ।
सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक बिकास मन्त्री दल रावल, हुम्ला जिल्लाका प्रतिनिधि सभाका सांसद छक्क वहादुर लामाको पनि उपस्थिती रहेको उहाँले बताउनु भयो ।