
काठमाडौं । भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै गिनिज वुक अफ दि वर्ल्ड रेकर्डमा लेखाउने प्रयासमा शनिबार काठमाडौंको टुँडिखेलमा हजारौं व्यत्ति भेलाभएर एक साथ बुद्धको वचन पढेका छन् ।
एकै मञ्चमा एकै पटक ’बुद्ध वचन’ पढेर विश्व रेकर्ड राख्ने प्रयास अन्तर्गत टुडिखेलमा हजारौं नेपालीहरुको भीड लागेको थियाे ।
विश्व किर्तीमानी परिषदले आयोजना गरेको कार्यक्रमको अभियान गायक राई र पत्रकार रवी लामिछानेले चलाएका हुन् । यसलाई गिनिज बुदक अफ दि वर्ल्ड रेकर्डसले मान्यता दिन भने बाँकी छ । बुद्ध आफ्नो देशमा जन्मिएका हुन् भनेर भारतले दाबी गर्दै आएको विरोध र प्रतिक्रियास्वरुप राईले लामो समयदेखि कार्यक्रम गर्न विदेश जाँदासमेत यो अभियान चलाउँदै आएका थिए ।
४५ हजार मानिस एकै ठाउँमा भेलाभई ‘पढेको’ रेकर्ड अहिले भारतको आर्ट अफ लिभिङ फाउन्डेसनको नाममा छ । ४६ हजार ६६० जनाले एकसाथ कविता पढेर यो रेकर्ड बनाएका थिए ।