
जनकपुर । मिथिलाञ्चलमा शनिबार होली मनाईदै छ । विहिबार पहाडी तथा हिमाली जिल्लामा र तराईका केही जिल्लामा शुक्रबार मनाईएको भएपनि धनुषाको जनकपुर सहित मिथिलाञ्चलमा सनिबार होली मनाईएको हो ।
मध्यमा परिक्रमा सम्पन्न भएको भोली पल्ट होली मनाउने परम्परा रहेकाले मिथिलाञ्चलमा सनिबार होली मनाईएको हो । सनिबार जनकपुरको विभिन्न चोकहरुमा मटका भोर कार्यक्रमको आयोजना गरिएको छ ।
विदेशी पर्यटकहरु समेत स्थानियवासीहरु संग होलीमा रमाएका थिए । होलीको अवसरमा जनकपुरको विभिन्न स्थानमा युवाहरुको टोलीले नाचगान गरेका छन् ।
होलीका अवसरमा अवाञ्छित गतिविधि नहोस् भनि शहरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box