
काठमाडौं । आवश्यक बजेट नहुँदा भूकम्पले क्षति पुगेका विद्यालय भवन पुनर्निर्माण रोकिएको छ । ३ हजार २ सय ४ विद्यालयको निर्माण प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
रकम अभावमा काम अघि बढाउन नसकिएपछि पुनर्निर्माण प्राधिकरणसँग बजेट माग गरिएको शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । ‘चालु आर्थिक वर्षका लागि ४ अर्ब बजेट छुटयाइएको थियो, त्यही पनि पूरै पाएका छैनौं,’ एकाइका उपनिर्देशक दिलिपशेखर श्रेष्ठले भने, ‘तत्काललाई थप सात अर्ब मागेका छौं ।’ तर, प्राधिकरणले डेढ अर्ब मात्रै उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले बताए ।
अति प्रभावित १४ सहित प्रभावित ३१ जिल्लाका विद्यालय पुनर्निर्माण गर्न प्राधिकरणले आव २०७२/०७३ देखि वार्षिक ४ अर्बका दरले बजेट विनियोजन गर्दै आएको छ । आजको कान्तिपुरमा खबर छ ।
Facebook Comments Box