
धुलाबारी । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले काँकडभिट्टा नाकाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ ।
मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु क्वारेन्टाइन कार्यालयका अधिकारीलाई नगरपालिकाको कार्यालयमै बोलाएर उहाँले निर्देशन दिनु भएको हो ।
मानव स्वास्थ्यमा असर र्पुयाइरहेको गुणस्तरहीन आयातीय खाद्य वस्तुलाई सीमामै रोक्न अब गम्भीर भएर लाग्ने जानकारी दिँदै उहाँले भारतबाट आउने सबै खाद्य वस्तुलाई अनिवार्य गुणस्तर जाँच्न निर्देशन दिएको बताउनु भयो ।
Facebook Comments Box