धुलिखेल । इँटा भट्टा सञ्चालन गरेका कारण धुवाँ र धुलोले ढाक्न थालेपछि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको मुख्य बजार भकुण्डेको वातावरण प्रदूषित हुँदै गएको छ ।
उब्जनी हुने फाँटमा इँटा भट्टा सञ्चालनमा आएपछि नमोबुद्ध नगरपालिका– २, ३, ४ र ७ मा धुलो र धुवाँले असर गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टंकप्रसाद तिमल्सिनाले इँटा भट्टा व्यवस्थापनबारे छलफल भइरहेको बताउनुभयो । धुवाँ र धुलोका कारण नगर कुरुप बन्दै गएको उहाँको भनाइ छ । उहाँले खेतियोग्य जमिनका जग्गाधनीसँग कृषि उत्पादनमा जोड दिनेबारे योजना बनाइरहेको बताउनुभयो ।
अहिले सो क्षेत्रमा करिब डेढ दुई किलोमिटरको दुरीमा आठवटा इँटा भट्टा सञ्चालनमा छन् ।
Facebook Comments Box
