ललितपुर । ललितपुर महानगरपालिकामा कार्यरत झण्डै ५०० स्वयंसेवक राष्ट्रिय मान्यताबाट वञ्चित भएका छन् ।
राष्ट्रिय मान्यता नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको सामान्य सुविधाबाट समेत वञ्चित हुनुपरेको उनीहरुले बताएका छन् । स्वयंसेवकको सञ्जालका रुपमा रहेको ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरपालिकामा तीन दशकभन्दा लामो समयसम्म काम गर्नेले समेत राष्ट्रिय मान्यता नपाएको बताउनुभयो ।
महानगरपालिकामा अहिले झण्डै ६०० जना स्वयंसेवक कार्यरत छन् । तीमध्ये १३३ जनाले मात्रै मान्यता पाएका छन् । जिल्लामा १०० जना पुरुष स्वयंसेवक कार्यरत छन् । उनीहरु कसैले पनि मान्यता पाएका छैनन् । कार्की भन्नुहुन्छ, “सरकारको स्वास्थ्य कार्यक्रम सफल बनाउन जनताको घर–घरमा पुग्ने स्वयंसेवकलाई बेवास्ता भइरहेको छ ।
Facebook Comments Box