
काठमाडौं । केन्द्रीय तथ्यांक विभाग (सीबीएस)को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ७९ लाख ८० हजार छ ।
यसमध्ये ४० लाखभन्दा बढी वैदेशीक रोजगारीमा भएको अनुमान गरिएको छ भने ५ लाखभन्दा बढी नेपाली विद्यार्थीको रुपमा संसरका विभिन्न मुलुकका छन् । यस्तै, सिजनल रोजगारीका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन्छ ।
यसरी हेर्दा नेपालमा कति जनसंख्याको बसोबास छ भन्ने एकिन गर्न निकै कठिन छ । तर, नेपालमा दूरसञ्चार क्षेत्रमा ग्राहक भने कुल जनसंख्याभन्दा बढी देखिन्छ । आजको कारोबारमा खबर छ ।
Facebook Comments Box