
काठमाडौं । शृंखलाबद्ध व्यक्ति हत्या घटनाका मुख्य नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई/दुईवटा रहेको भेटिएको छ । बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको थियो ।
नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्बिर देखिएपछि प्रहरीले उनले फरक नाममा नागरिकता निकालेर त्यसैका आधारमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाएको निष्कर्षमा पुगेको हो । नवलपरासीबाट जारी भएको ८५८६४ नम्बरको नागरिकताका आधारमा मनोजले पासपोर्ट निकालेको देखिन्छ ।
प्रहरीले फेला पारेको ०५२१७४८८ नम्बरको पासपोर्ट ५ अक्टोबर २०१५ मा जारी गरिएको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार मनोजले आफ्नो परिचय बदल्न दोहोरो नागरिकता र पासपोर्ट निकालेको हुन सक्छ । आजको कान्तिपुरमा खबर छ ।
Facebook Comments Box