
चरिकोट । पुनःनिर्माण प्राधिकरण गठन हुनु अघि नेपाल रेडक्रस सोसाइटीमार्फत तालीम लिएर घर बनाएका दोलखाका दुई हजार ८९० घरधुरीले अझै अनुदान पाउन सकेका छैनन् ।
भूकम्पलगत्तै जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत १० गाविसको राहत र उद्धारको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटीले पुनःनिर्माण अभियान तत्काल शुरु गर्नुपर्छ भन्दै दिएको डकर्मी तालीम पछि बनेका दुई हजार ८९० घरधुरी पीडितले प्राधिकरणमार्फत वितरण हुने निजी आवास निर्माणको अनुदान पाउन सकेका छैनन् ।
दातृ निकायबाट प्राप्त मोटो रकम खर्चेर तालीम दिए पनि नियम विपरीत घर बनेका कारण भूकम्प पीडित मार्कामा परेका हुन् । प्राधिकरण गठन र आवास निर्माण कार्यविधि बन्नु अघि नै रेडक्रसले दोलखाको उत्तरी क्षेत्रका साविकका १० गाविसका ९० वटा वडामा डकर्मी तालीम सञ्चालन गरेको थियो ।
एक वडाको तीन जनाका दरले २७० डकर्मीले तालीम लिएपछि उनीहरू स्थानीयको आवास निर्माणमा जुटेका थिए । आजको हिमालय टाइम्समा खबर छ ।