
काठमाडौं । समलिंगी विवाह गरी नेपाल बस्न चाहने जोडीलाई गैरपर्यटकीय प्रवेशाज्ञा (भिसा) दिन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ ।
भक्तपुर अनन्तलिंगेश्वरकी सुमन पन्तले अमेरिकी महिलालाई विवाह गरी नेपालमै बस्न पाउनुपर्ने माग गर्दै दायर मुद्दामा सर्वोच्चले यस्तो आदेश गरेको हो।
न्यायाधीशद्वय आनन्दप्रसाद भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले उनको जिन्दगीमा दख्खल दिन नहुने भन्दै गैरपर्यटकीय भिसा दिन आदेश गरेको हो ।
सुमनसँग दाम्पत्य सम्बन्ध कायम भएकी लेस्लीलाई गैरपर्यटकीय भिसा दिन सर्वोच्चले परमादेशको आदेश गरेको छ । संयुक्त इजलासले गत कात्तिक ६ मा आदेश गरेको फैसलाको पूर्ण पाठ सर्वोच्चले आइतबार सार्वजनिक गरेको हो । आजको नागरिकमा खबर छ ।
Facebook Comments Box