
काठमाण्डाैं । जिल्ला शिक्षा कार्यालय नरहने भएपछि ती कार्यालयले सम्पादन गर्दै आएका काम कुन तहबाट सञ्चालन गर्नेे भन्ने विषयमा शिक्षा मन्त्रालयले छिट्टै निर्णय गर्ने भएको छ ।
मन्त्रालयले जिल्ला समन्वय समिति, नयाँ डिभिजनल कार्यालय स्थापना, प्रादेश र स्थानीय तहमै स्थापना विकल्प अगाडि सारेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा हरि लम्सालले शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)द्वारा आज आयोजित छलफलमा सो जानकारी दिँदै कुन नमुनामा जाने भन्नेबारे मन्त्रालयको गृहकार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।
Facebook Comments Box