काठमाडौं । अवैधानिक बाटो हुँदै युएई आएर अलपत्र परेका नेपाली महिलाहरुलाई एनआरएनए युएईको पहलमा उद्धार भएको छ ।

एनआरएनएले नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बु र रीता सुनारलाई उद्धार गरी नेपाल पठाएको एनआरएनए युएईका उपाध्यक्ष बालकृष्ण मरासिनीले बताए ।
उनका अनुसार दलाललाई फिर्ती टिकट कटाउन लगाएर उनीहरुलाई नेपाल पठाइएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box