काठमाडौँ । आज सातौँ विश्व रेडियो दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
‘रेडियो र खेलकुद’ भन्ने नाराका साथ यसपालीको विश्व रेडियो दिवस मनाउन लागिएको हो ।
आज भन्दा ७२ वर्षअघि संयुक्त राष्ट्रसंघिय रेडियो स्थापना भएको दिनको सम्झनामा सन् २०१२ बाट संयुक्त राष्ट्र संघको आह्वानमा फ्रेब्रुवरी १३ तारिखमा विश्व रेडियो दिवश मनाउन थालिएको हो ।
नेपालमा सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको सङ्ख्या ८ सय ३१ पुगेको छ भने नियमित प्रसारण गर्न थालेका रेडियोको सङ्ख्या ६ सय ५० छ । नेपालमा सञ्चालनमा रहेका सामुदायिक रेडियोको सख्या ३ सय १५ नाघिसकेको छ ।
आम सञ्चारका माध्यमहरुमा रेडियो सबैभन्दा धेरै नागरिकको पहुँचमा पुगेको माध्यम हो । नेपालमा सरकारी स्वामित्वबाट नागरिकको हातमा एफ एम रेडियो प्रसारण थालनी भएको बीस वर्ष पुगेको छ ।