धादिङ । धादिङको बेनीघाट गाउँपालिका–४ सलाङघाटबाट एउटा जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित तीन जना बेपत्ता भएका छन् ।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज बिहान अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको हो ।
जिपमा सवार सिंचाई मन्त्रालयका सचिव यादवसहित उनका छोरा सञ्जय र एक जना आफन्त बेपत्ता भएका छन् ।
गाडी चालक निराजन यादवलाई भने उद्दार गरेर काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिए । बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।
Facebook Comments Box